News विदेश

भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ४१८७ जनाको मृत्यु

भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ४१८७ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४१८७ जनाको कोरोनाभाइरस सङ्क्रमणवाट मृत्यु भएको छ।

यो भारतमा एक दिन मृत्यु भएको सर्वाधिक संख्या हो। योसँगै भारत एकै दिन चार हजारभन्दा बढीले ज्यान गुमाउने ब्राजिल र अमेरिकापछि तेस्रो मुलुक बनेको छ।

भारतमा यो संख्या अझै वढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भारतमा २४ घण्टाको अवधिमा चार लाखभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा हालसम्म कुल २ करोड १८ लाख ९२ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २ लाख ३८ हजार २७० जनाको मृत्यु भएको छ। फेव्र्अरी १४ पछि मात्रै कोरोनाका कारण मर्नेको संख्या ८२ हजारभन्दा बढी छ।
 

विशेष