News राजनीति

संवैधानिक परिषदको वैठक स्थगित गर्न प्रचण्डको सुझाव

संवैधानिक परिषदको वैठक स्थगित गर्न प्रचण्डको सुझाव

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार वोलाईएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् । 

दाहालले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि वोलाएको वैठक स्थगित गर्न समेत सुझाव दिएका छन् ।

संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बैठक बोलाएको भन्दै उनले बैठकमा सहभागी नहुन सदस्यहरूलाई अनुरोध गरेका हुन् ।

‘संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ,’ दाहालले विज्ञप्तिमा भनेका छन्–‘यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’

संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले नजाने बताइसकेका छन् । देउवाले विज्ञप्ति जारी गर्दै अन्य सदस्यहरूलाई पनि बैठकमा नजान आग्रह गरेका छन् । 


 

विशेष