News स्वास्थ्य

२४ घण्टामा ५३ जनाको मृत्यु, थप ८४१८ संक्रमित

२४ घण्टामा ५३ जनाको मृत्यु, थप ८४१८ संक्रमित

विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै मृत्य हुनेको संख्या ३६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शुक्रवारको तुलनामा केहि कम हो । हिजो ९ हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो ।

१८ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९ र ८९ जनाको एन्टीजेन परीक्षण गर्दा १ स ३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ । ती मध्ये काठमाडौं उपत्यकामा मात्रै ३५ हजार ६ सय ७८ जना संक्रिय संक्रमित रहेका छन् ।

आज देखिएका संक्रमित मध्ये १ सय ९५ जना ९ वर्षमुनिका बालबालिका पनि छन् । हाल ७ सय ५८ जनाको आइसीयू र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
 

विशेष