News

मन्त्रिपरिषद् बैठक जारी, विर अस्पताल स्वास्थ्य मन्त्रालयले चलाउने तयारी

मन्त्रिपरिषद् बैठक जारी, विर अस्पताल स्वास्थ्य मन्त्रालयले चलाउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केहि समय अघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालयले लिएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने जनाईएको छ । कोरोनाको उपचारका लागि सरकारले वीर अस्पताललाई आफै सञ्चालन गर्न लागेको श्रोतले जनाएको छ।

वीर अस्पतालमा रहेका ८ सयमध्ये ७०० बेडलाई क्रमशः कोभिड उपचारका लागि प्रयोग गरिने सरकारी तयारी छ। नयाँ भवनमै कोभिडको ‘वार रूम’ निर्माण हुने र त्यो वाररूमबाट नै कोरोना विरुद्ध लड्न दैनिक संयोजनका काम हुने जनाईएको छ। 
 

विशेष