News स्वास्थ्य

चार अस्पतालको घोषणा : अक्सिन छैन, कोरोना संक्रमित भर्ना लिदैनौं (विज्ञप्तिसहित)

चार अस्पतालको घोषणा : अक्सिन छैन, कोरोना संक्रमित भर्ना लिदैनौं (विज्ञप्तिसहित)

अक्सिजनको अभाव देखाउँदै काठमाडौँका चार अस्पतालले कोरोना संक्रमित बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेका छन् ।

काठमाण्डौको मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले यस्तो घोषणा गरेका हुन ।

अस्पतालहरुले विज्ञप्ति निकालेर अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएका हुन् ।

अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको अस्पतालको भनाइ छ ।

अस्पतालले शनिवारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शैय्या मात्र सञ्चालनमा ल्याएर सेवा प्रदान गरिने जानकारी दिएको छ । 


 

विशेष