News

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार पुनः संक्रमित

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार पुनः संक्रमित

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार ओलीको रिपोर्ट नेगेटिभ आएको हो ।

तर, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको थापाले जानकारी दिए ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो । 
 

विशेष