News राजनीति

बलमिच्याई गरी संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य होः नेता नेपाल

बलमिच्याई गरी संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य होः नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन भएको बताएका छन् ।

शनिबार उनले ट्वीटर मार्फत यसरी सरकारले गैरजिम्मेवारी प्रकट गरिरहेको र वलमिच्याई गरेको वताएका हुन् ।

जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको नेपालले वताएका छन् ।

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने उनको भनाई छ । गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न वरिष्ठ नेता नेपालले आव्हान गरेका छन् ।

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’ उनले लेखेका छन्–‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

विशेष