News राजनीति

प्रधानमन्त्रीलाई देउवाको झट्का, भने– संवैधानीक परिषदको वैठकमा जान्न

प्रधानमन्त्रीलाई देउवाको झट्का, भने– संवैधानीक परिषदको वैठकमा जान्न

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ ।

कांग्रेसले शनिवार एक प्रैस विज्ञप्ति जारी गरी वैठकमा सहभागि नहुने जानकारी दिएको हो । पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित काम गरेकाले बैठकमा सहभागी नहुने कांग्रेसले जानकारी गराएको हो ।

सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा अध्यादेशमार्फत संविधानको आधारलाई नै भत्काउने काम भएको जनाईएको छ । उनले कानुन निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविच्छिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएको जनाएका छन् ।

संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने मनसायबाट प्रेरित भएर अध्यादेश ल्याईएको देउवाले जनाएका छन्।

यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले संवैधानिक परिषद्को बैठकमा भाग नलिने सभापति देउवाले जनाएका छन् । 

विशेष