News स्वास्थ्य

कोरोना वारे सिडीसीको नयाँ खुलासा– हावाबाट पनि फैलन सक्छ संक्रमण

कोरोना वारे सिडीसीको नयाँ खुलासा– हावाबाट पनि फैलन सक्छ संक्रमण

गत वर्ष चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसको दुुष्प्रभाव विश्वभर जारी नै रहेको छ।

विश्व समुुदायका लागि यो भाइरस चुनौतिको विषय वनेको छ। भाइरसको जटिलता र यो फैलावटबारे विभिन्न खुुलासा भई नै रहेका छन्। 

यस्तैमा कोरोनाभाइरसबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने सम्भावना रहेको बताएको छ।

सीडीसीद्वारा जारी कोरोना भाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुन सक्ने उल्लेख छ । सिडिसी श्वास फेर्दा हावामा रहेका कोरोना भाइरसयुक्त ओसिला कणका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउनुपर्ने जनाएको छ ।

त्यस्तै भाइरसलाई छोएको हात वा भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा संक्रमण हुन सक्ने बताएको छ। वायुमार्फत पनि सर्ने भाइरस संक्रमित व्यक्तिबाट ६ फिटको दूरीमा रहेपनि सर्न सक्ने चेतावनी सीडीसीले दिएको छ ।

सीडीसीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका व्यक्तिले बाहिर मास्क लगाउन अत्यावश्यक नहुने तर खोप लगाएका र नलगाएका छुट्याउन नसकिने भन्ने अन्यौलका बीचमा यस्तो निर्देशिका जारी गरेको हो ।

यसअघि सीडीसीले भाइरसको संक्रमण अधिकांश समय संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो ।

विशेष