News राजनीति

आफु पक्षको भेला छोडेर ओलीका दुत भेट्दै माधव नेपाल 

आफु पक्षको भेला छोडेर ओलीका दुत भेट्दै माधव नेपाल 

आफु पक्षिय सांसदहरुको छलफल छोडेर नेकपा एमाले खनाल नेपाल पक्षका नेत माधवकुमार नेताल सिंह दरवार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दूतका रुपमा अर्थमन्त्री बिष्णु पौडेल र अर्का नेता सुवासकुमार नेम्वाङलाई पठाएपछि नेता नेपाल छलफल छोडेर सिंहदरवार पुगेका हुन ।

आफू पक्षीय नेता/सांसदहरुसँगको भेट एकै छिनलाई रोकेर नेता नेपाल पौडेल र नेम्वाङलाई भेटन पुगेका हुन । बालुवाटारबाट निस्केर अर्थमन्त्री पौडेल र नेता नेम्वाङ केही बेर अर्थमन्त्रालयमा बसेर छलफल गरेपछि नेता नेपाललाई भेट्न पुगेका हुन्।

माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले अन्तिम अस्त्रको रुपमा दुई नेतालाई वार्ताका लागि पठाएका हुन् । 

प्रधानमन्त्री ओलीले सोमवार (भोलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

निर्धारित संसदको विशेष अधिवेशनअगाडि ओली र नेपाल पक्षबीच सहमतिको खोजी तीव्र भइरहेको छ। तर, हालसम्म कुनै विन्दु फेला परेको छैन। 

एमालेको दोस्रो पुस्ताका नेता लगातार तिन दिनदेखि यस विषयमा छलफल गरिरहेका छन् । तर, दुवै पक्षको आआफनै अडानका कारण सहमति जुटुन नसकेको नेताहरु वताउँछन् ।
 

विशेष