News

२४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु

विगत २४ घण्टामा नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी, सोहि अवधिमा ८ हजार ८५० जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ८५० जनालाई संक्रमण पुष्टि भएको हो। 

जसमध्ये ८ हजार ७७७ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो।

हाल सक्रिय संक्रमितको संख्या ८८ हजार १६० छ। 
 

विशेष