News राजनीति

यी हुन राजीनामा वोकेर वसेका एमालेका २२ सांसद

यी हुन राजीनामा वोकेर वसेका एमालेका २२ सांसद

नेकपा एमाले खनाल–नेपाल समूहका सांसदहरूको वैठक सिंहदरवारमा जारी छ ।

राजीनमा दिनु अघि उनीहरुको वैठक वसेको हो । बैठकमा राजीनामा दिन हस्ताक्षर गरेका सांसदहरू उपस्थित भएका छन् ।

माधव नेपालले यसअघि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधिहरु विष्णु पौडेल र सुवास नेम्वाङसँग भेट गरेका थिए। यस विषयमा उनले सांसदहरुलाई जानकारी गराएका छन् ।

केपी ओली आफ्नो अडानमा टसमस नभएकाले राजीनामा दिनुको विकल्प नभएको व्रिफ्रिङ गरेका छन् । खनाल नेपाल पक्षका समानुपातिक सांसदहरूले पनि राजीना गरिरहेको जनाईएको छ ।

राजीनामा दिन तयार प्रत्यक्ष निर्वाचित सांसदहरु 
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. घनश्याम भुसाल
६. योगेश भट्टराई
७. गोकर्ण विष्ट
८. कृष्णलाल महर्जन
९. विरोध खतिवडा
१०. गणेश पहाडी
११. दीपकप्रसाद भट्ट
१२. भवानीप्रसाद खापुङ
१३. जयकुमार राई
१४. पवित्रा निरौला
१५. नारायण खतिवडा
१६. जीवनराम श्रेष्ठ
१७. हिराचन्द्र केसी
१८. सोमप्रसाद पाण्डे
१९. मेठमणि चौधरी
२०. झपट रावल
२१. यज्ञराज सुनुवार
२२. राजबहादुर बुढा

विशेष