News राजनीति

राजीनामा दिन खोज्नेलाई ओलीको प्रश्न–  जनतालाई के जवाफ दिने ? [विज्ञप्तिसहित]

राजीनामा दिन खोज्नेलाई ओलीको प्रश्न–  जनतालाई के जवाफ दिने ? [विज्ञप्तिसहित]

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै ओलीले आईतवार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो वताएका छन् ।

उनले मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्।’

पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने वताएका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहाँसले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं?’ उनको विज्ञप्तिमा भनिएको छ–‘तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सवैलाई हार्दिक आह्वान र आग्रह गर्दछु । यो पार्टी हामीले वनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।’

भ्रम फैलाए जस्तो र हल्ला चलाईए जस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपाता गर्दैन भन्दै उनले सवैलाई आश्वस्त हुन आग्रह गरेका छन् ।


 

विशेष