News

जसपाका सांसदले विश्वासको मत दिने/नदिने स्वविवेक प्रयोग गर्ने

जसपाका सांसदले विश्वासको मत दिने/नदिने स्वविवेक प्रयोग गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार लिने विश्वासको मतका लागि जनता समाजवादी पार्टी (जसपा) सांसदहरुलाई स्वविवेकको अधिकारी दिएका छ।

पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने÷नदिने भन्ने विषयमा भएको छलफलमा सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।

आईतवार बसेको जसपा पदाधिकारीहरुको बैठकले मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा जसरी पनि सहभागि हुन पाउने निर्णय गरेको हो ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतको पक्षले विश्वासको मत दिने पक्षमा मत राखेका थिए भने अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले विश्वासको मत नदिने पक्षमा कुरा राखेका थिए ।

विवाद बढ्ने देखिएपछि ह्वीप जारी नगर्ने र सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको श्रोतले जनाएको छ ।
 

विशेष