News

प्रम ओलीले संसद्मा लिन लागेको विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी (पत्रसहित)

प्रम ओलीले संसद्मा लिन लागेको विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी (पत्रसहित)

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिन लागेको विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । ओलीले भोली (वैशाख २७ गते) विश्वासको मत लिने भएका छन् ।

सचेतक विशाल भट्टराईले जारी गरेको ह्विपमा भनिएको छ– ‘सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता श्री केपी शर्मा ओलीले मिति २०७८ वैशाख २७ गते दिनको १ बजे नेपालको संविधानको धारा १०० को उपधारा (१) वमोजिम विश्वासको मत लिनु हुने भएको र सो प्रायोजनको लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान भएको हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नु हुन सबै सदस्यलाई सूचित गर्न संसदीय दलको नेताको निर्देशन अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र नेकपा (एमाले) संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम यो निर्देशन (ह्विप) जारी गरेको छु । अतः उक्त बैठकमा उपस्थित भै विश्वासको मतको प्रस्तावको पदक्षमा मतदान गर्नु हुन अनुरोध छ।’

विज्ञप्तिमा कोरोना संक्रमणका कारण संसदीय दलको बैठक राख्न नसकिएको जनाईएको छ । 

विशेष