News Breaking News देश राजनीति

काङ्ग्रेसको निर्णयले केपि ओलिलाई फायदा

काङ्ग्रेसको निर्णयले केपि ओलिलाई फायदा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुग्नेगरी निर्णय गरेको छ ।

माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले ओली हटाउन जोर गरिरहेका बेला कांग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने निर्णय गरेको हो ।

शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।

ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको जनाइएको छ ।

साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

विशेष