News विदेश

चीनको अनियन्त्रीत रकेट सागरमा खस्यो

चीनको अनियन्त्रीत रकेट सागरमा खस्यो

चीनले अन्तरिक्षमा छोडेको लंग मार्च ५ बी रकेट हिन्द महासागरमा खसेको छ। यो रेकट नियन्त्रण बाहिर गएको थियो । चीनको वायुमण्डलमा प्रवेश गरेको केहि समयपछी उक्त रकेट हिन्द महासागरमा खसेको हो। 

वायुमण्डलमा प्रवेश गरेकोपछि रकेटको धेरै जसो भाग घर्षणका कारण जलेर नष्ट भएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सीले अरबी प्रायद्वीपमाथिको आकाशमा चिनियाँ अनियन्त्रित रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको बताएको थियो।

रकेटले अप्रिल २९ मा चिनियाँ अन्तरिक्ष स्टेसनको मोड्युल प्रक्षेपण गरेको थियो। पृथ्वीतर्फ खस्नुअघि यो रकेटले केही समय अन्तरिक्षमै बिताएको थियो। यो रकेट १०८ फिट अग्लो र २१ टनको थियो।

चीनको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार रकेटको अवशेष धर्तीको वायुमन्डलमा प्रवेश गर्दा दुईपटक जलाइएको थियो। 
 

लंग मार्च ५ बी हिन्द महासागर रेकट नियन्त्रण बाहिर

विशेष