लुकाएर राखिएका १३३ थान अक्सिजन सिलिण्डर वरामद

कोरोना संक्रमितका लागि अक्सिजन अभाव हुन थालेपछि सरकारले खालि सिलिण्डर संकलन सुरु गरेको छ। खालि रहेका सिडिण्डर उपलब्ध गराउन सार्वजनिक सुचना समेत जारी गरिएको छ ।
तर, झापामा भने लुकाएर राखिएको १३३ थान खालि सिलिन्डर प्रहरीले वरामद गरेको छ ।
प्रहरी टोलीले विभिन्न स्थानबाट १३३ वटा अक्सिजन सिलिन्डर बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९०, धुलाबारी क्षेत्रबाट १९, दमक र काँकरभिट्टा क्षेत्रबाट १२–१२ ओटा सिलिन्डर वरामद गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेका अक्सिजनका सिलिन्डरहरू प्रहरीले संकलन गरिरहेको छ।
झापामा अझै केही अक्सिजन सिलिन्डर लुकाएर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।