News

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

आईतवार वसेको संवैधानिक परिषदको वैठकले पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितीमा वसेको वैठकले अन्य धेरै रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको जनाईएको छ ।

वैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित भएनन् ।

प्रधानमन्त्री ओलीले संसद् छलेर स्वेच्छाचारी रूपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सभामुख सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन् भने देउवाले विज्ञप्ति जारी गरेरै आफु वैठकमा उपस्थित नहुने र अरु सदस्यलाई पनि उपस्थित नहुन आग्रह गरेका थिए ।

वैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने नयाँ व्यवस्था गरिएको छ।

परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । 

संवैधानिक परिषदको वैठक पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्ष

विशेष