News

‘गुण्डा नाइके’ गणेश लामा पोखराको लेक साईडवाट पक्राउ 

‘गुण्डा नाइके’ गणेश लामा पोखराको लेक साईडवाट पक्राउ 

‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । निषेधाज्ञाका बेला लामा पोखरा किन र कहिले पुगे भन्ने खुलेको छैन । 

निषेधाज्ञाका बेला किन उनी किन पोखरा आए भनेर सोधपुछका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । 

लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखेर प्रहरीले सोधपुछ गरिरहेको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले वताए ।

लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशंका गरिएको छ ।
 

विशेष