News

खगराजलाई गृहमन्त्री र वादलकी पत्निलाई सञ्चार मन्त्री वनाउँदै ओली

खगराजलाई गृहमन्त्री र वादलकी पत्निलाई सञ्चार मन्त्री वनाउँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् । 

यसअघि प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । उनले आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेका हुन ।

ओलीको मन्त्री मण्डलमा कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री, कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र रामवहादुर थापा ‘वादल’ पत्नि नैनकला थापा सञ्चारमन्त्री बन्ने भएका छन् । 

पूवमाओवादी नेता थापा आफु गृहमन्त्रीवाट आउट भएपछि पनि पत्नीलाई सञ्चारमन्त्री बनाउन सफल भएका हुन् । 

यसैगरी, ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएको जनाईएको छ । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।

मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधिसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । 
 

विशेष