News राजनीति

ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई गर्यो कारवाही, पार्टीवाट निस्कासन

ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई गर्यो कारवाही, पार्टीवाट निस्कासन

जसपाको उपेन्द्र यादव पक्षले ठाकुर पक्षका चार जना नेतालाई कारवाही गरे लगत्तै ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई कारवाही गरेको छ ।

ठाकुर पक्षको मंगलबार बबरमहलस्थित कार्यालयमा बसेको बैठकले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेको हो । पार्टीको आधिकारिक पक्ष आफूसँग रहेको भन्दै ठाकुर पक्षले यस्तो निर्णय लिएको एक नेताले वताए ।

आजै मात्र उपेन्द्रले निर्वाचन आयोगलाई चिठी लेख्दै ठाकुरलगायत चार नेतालाई  निष्कासन गरेको जानकारी दिएका थिए ।

यो पनि

उपेन्द्रको चटारोः अध्यक्ष ठाकुरसहित ४ नेतालाई कारबाही गरेको पत्र आयोगमा

विशेष