News

सत्ताको मोहमा लोकतन्त्रका सत्रुहरुसँग कांग्रेसको सहकार्य

सत्ताको मोहमा लोकतन्त्रका सत्रुहरुसँग कांग्रेसको सहकार्य

प्रतिनिधि सभाको दोस्रो पटक विघटन भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रवार पहिलो पटक सर्वदलिय वैठक वोलाए । सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरिएको थियो । तर उनी उपस्थित भएनन् ।

वैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरू उपस्थित थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतको उपस्थिती देखियो। 

एजेण्डा र उदेश्य जे सुकै भएपनि सवैको स्वार्थ भने सत्तारोहणमै देखिएको केहि सहभागिहरुले वताए । सवैभन्दा वढि नेपाली कांग्रेस सत्ताको मोहमा चुर्लुम्म डुवेको उनीहरुको आरोप छ । 

नेपाली काग्रेसले आफनो निष्ठाको राजनीतिलाई छोडेर लोकतन्त्रका सत्रुहरुसँग सहकार्य सुरु गरेको कांग्रेसकै नेताहरु वताउँछन् । कांग्रेसले सत्ता र स्वार्थका लागि गतल पात्र र चरित्रसँग सहकार्य गरेर विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला लगायतका नेताहरुको मार्गदर्शनलाई भुलेको उनीहरुको तर्क छ ।

फरार प्रतिवादीको सुचीमा रहेका र जेल हाल्नका लागि कांग्रेसले पहल गर्नु पर्ने अग्निप्रसाद सापकोटालाई सर्वैसर्वा मानेर कांग्रेस लुरुलुरु वैठकमा सहभागि हुनु नै लज्जास्पद भएको नेताहरु टिप्पणी छ। 

यति मात्र होईन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’। जसले जनयुद्ध नै लोकतन्त्र तथा संसदीय व्यवस्था सिद्याएर साम्यवादी सर्वसत्ता स्थापनाका लागि गरे । १७ हजार जनाको हत्याको जिम्मेवार रहेका उनै प्रचण्डलाई कांग्रेसले मियो वनाएर सत्ताको भर्याङ चढ्न खोजेको विश्लेषकहरु वताउँछन् ।

यसैगरी, उपेन्द्र यादव, जसको चरित्र नै अलोकतान्त्रिक छ। कम्युनिस्ट बिचारधारा बोक्ने र आफ्नै पार्टीभित्र सर्वसत्ता लाद्न खोज्दा ३ पटक पार्टी बिभाजन भएको दृष्टान्त छ। गौर हत्याकाण्डका दोषी उनै यादव यतिवेला कांग्रेसका सहयात्री वन्नुले कांग्रेसको राजनीतिक संस्कारमा प्रश्न उठेको छ।

नेपाली काग्रेसलाई जनताले स्पष्ट रुपमा प्रतिपक्षमा वस्ने म्याण्डेट दिएपनि नेताहरु चरम सत्ता मोहले कांग्रेसलाई पातालमा पुर्याउने उनीहरुको विश्लेषण छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जम्मा ६१ सिट जित्यो । यो संख्या भनेको नेकपा एमालेले पाएको संख्याको आधा मात्रै हो । यसरी जनताले प्रतिपक्षमा बस्न स्पष्ट म्यान्डेट दिँदा पनि लोकतन्त्रका शत्रुहरूसँग मिलेर सरकार बनाउन खोज्नु लोकतन्त्रको उपहास भएको जानकारहरु वताउँछन् ।

वरिष्ठ पत्रकार युवराज घिमिरे भन्छन्–‘वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न कांग्रेस नेतृत्वले किसुनजीको दर्शनअनुसार चल्न सक्नु पर्छ । 
 

अग्निप्रसाद सापकोटा शेरबहादुर देउवा नेपाली काँग्रेस सर्वदलीय बैठक सत्ता मोह

विशेष