News

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ ।

मेडिसिटी अस्पतालमा उनको मंगलवार निधन भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता मिलन पाण्डेले थापाको निधन भएको पुष्टि गरेका छन् । ‘धेरै धेरै धन्यवाद उज्वल दाइ। तपाईं हामी मार्फत सधैं जीवित रहनुहुनेछ। उज्वल थापा हामीबिच रहनुभएन !’– उनले ट्वीटरामा लेखेका छन् ।

यस अघि पनि थापाको निधन भएको हल्ला चलेको थियो।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि भेण्टिलेटरमा सारिएको थियो ।

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।

भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । यो प्रविधिबाट उपचार गराउँदा दैनिक पाँच लाख खर्च लाग्ने बताइन्छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन। 

विशेष