News

उज्ज्वल भोट माग्न प्रचण्ड निबासमा गएका थिए, चुनावमा इश्वरलाई गालीगलौज गरेनन्

उज्ज्वल भोट माग्न प्रचण्ड निबासमा गएका थिए, चुनावमा इश्वरलाई गालीगलौज गरेनन्

विवेकशील साझा पार्टीका पूर्व संयोजक ४४ वर्षिय उज्ज्वल थापाको मंगलवार निधन भयो। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल र त्यसपछि मेडिसिटीमा उपचाररत थापाको मंगलवार अपराह्न ४ः२५ बजे निधन भयो।

नेता थापाको निधनले सिङ्गो मुलुक सोकमा छ। खासगरी, देश विकास÷सुधार÷परिवर्तनको सपना वोकेको युवा पुस्ता सोक मग्न छ। नेपालको राजनीतिक प्रणालीको सुधार गर्न थापाले गरेको हस्तक्षेपकारी भुुमिका यो पुस्ताले सदा स्मरण गर्ने छ।

युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उनको उत्प्रेरणा तथा सहयोग अतुलनीय छ। जानकारहरु भन्छन्–‘उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो।’ देश र जनताको लागि विवेकशील अभियान तथा विवेकशील नेपाली दलको स्थापना गरेका थापा उद्यमी तथा सामाजिक उत्प्रेरक समेत थिए।

०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ वाट उम्मेदवारी दिएका थापा तत्कालिन नेकपाका उम्मेदवार इश्वर पोखरेलसँग पराजित भएका थिए । ‘कुकुर’ चुनाव चिन्हवाट चुनाव लडेका उनले पहिलो चुनावमै १ हजार १ सय ६३ मत प्राप्त गरेका थिए।

यस्ता थिए थापा
विवेकशील साझा पार्टीका संयोजक थापाले चुनाव प्रचारका क्रममा भान्साकोठामा रोटी बेल्दै गरेको भिडियो पोस्ट गरेर ‘स्थानीय चुनावअघि घरघरमा वाइफाई ल्याउँछु भन्ने दल अहिले कता लागे ? मैले चुनाव जिते यस्ता गलत आश्वासन दिनेहरूको अध्ययन गर्दै त्यसविरुद्ध निरन्तर खबरदारी गर्छु ’– भन्दै सन्देश दिएका थिए ।

चुनावमा उम्मेदवार वनेपछि प्राय नेताहरुले विपक्षीलाई कमजोर देखाउन उसलाई गालि गर्ने, उसका कमजोरी उधिनेर सार्वजनिक गर्ने, आलोचना गर्ने लगायतका हर्कत गर्छन । उज्ज्वल थापा त्यस भित्र अटाएनन् । उनले प्रतिद्वन्द्वी एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतलाई गालि गरेर आफु चुनाव जित्ने प्रपन्च गरेनन्। वरु सवैसँग समान ब्यवहार गरे । यतिसम्मकी भोट माग्ने क्रममा उनी नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको निवासमा पनि पुगेका थिए । प्रचण्डको घरमा पनि उनले आम मतदाताहरुलाई जस्तै गरी भोट मागेका थिए ।

चुनाबमा उनले छलकपट गर्ने र अनैतिक तरिकाले पैसा खर्च गरेनन् । पार्टी मात्र होईन, उनी स्वयम् पनि विवेकशिल थिए । त्यही भएर राजनैतिककर्मीको अघिपछि हुने चुल्ठे, मुन्द्रेहरु उनको वरिपरी थिएनन् । 

कार्यकर्ता माझ आर्थिक बिकास, ब्यक्तित्व बिकास र सृजनसिलतामा जोड दिने नेता थापाले यस विषयमा तालिम समेत आयोजना गर्ने गर्थे । 

सामान्य जिवनसैलीमा वाँच्न मन पराउने थापा बाटोमा यत्तिकै हिडिरहेका हुन्थे। चिया पसल, रेस्टुरेन्ट तिर भेटिन्थे। यति मात्र होईन, चुनाव प्रचार पनि उनले वस र टेम्पो चढेर गरे । भड्कीलो चुनाव प्रचारमा उनले कहिलै विस्वास गरेनन् ।

आइटी क्षेत्रको अध्ययन गरेका नेता थापाले यस क्षेत्रका लागि ठुलो योगदान गरेका उनको नजिककाहरु वताउँछन् । उनकै कारण आइटी क्षेत्रमा धेरै जनाले रोजगारी पाएको उनको अभियानका स्वयम् सेवक भुषण श्रेष्ठ वताउँछन् ।

उनका अनुसार थापा मिलनसार, कम वोल्ने र मृदुभासी नेता हुन । आफनो प्रचारका लागि मिडियावाजी गर्ने र फेसवुकमा लाईभ गर्ने काममा उनले कहिलै विश्वास गरेनन् । ‘वहाँ एक्सन ओरियन्टेड नेता हो’ उनी भन्छन्–‘कार्यकर्ताको विचमा रहने तर जवरजस्ती राजनीतिमा आउन दिनु हुन्नथ्यो।’

‘पहिला अफ्नो खुट्टमा उभिएर मात्रै राजनीति वा अन्य क्षेत्र रोज्ने’ भन्दै उनले युवाहरुलाई सुझाव दिने गरेको वताएका श्रेष्ठले ‘केहि गर्ने नभएसम्म राजनीतिमा फुल टायम दिन पनि नहुने’ वताउने गरेको जानकारी दिए ।

‘रिस्क जति सवै आफु लिने तर, काममा अरुलाई अभिप्रेरित गर्नु हुन्थ्यो। हामी नेता हुने होईन, नेता जन्माउने हो भन्नुहुन्थ्यो । राम्रो लुगा लगाउने, मुल्यवान गाडि चढ्ने र मिठो मिठो खाना खाने विषयमा उहाँले कहिलै पनि इच्छा देखाउनु भएन’ श्रेष्ठ थप्छन्–‘अन्य नेताहरुको जस्तो होटलमा वसेका वेला कार्यकर्ताको विल पनि तिरी दिने स्वभाव पनि वहाँमा थिए। आफु आफु तिर्ने भन्नु हुन्थ्यो ।’ 

विशेष