भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशन ९ दिन पछि सर्यो

नेपाली कांग्रेसको भदौमा हुने १४ औं महाधिवेशन ९ दिन पछि सरेको छ।
आज बसेको कांग्रेस शीर्ष नेताको बैठकले यसअघि भदौ ६ गतेदेखि गर्ने भनिएको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । यस्तै असार ५ गतेदेखि गर्ने भनिएको गाउँ नगर वडा अधिवेशन एक महिनापछि साउन ६ गते गर्नेगरी कार्ययोजना बनाइको छ ।
पदाधिकारी र पुर्व पदाधिकारीको बैठकले आज गरेको निर्णयलाई अनुमोदन गर्न कांग्रेसले असार ३ गतेका लागि केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । बैठकले क्रियाशील सदस्यताका बारेमा परेको उजुरीमाथि छानबिन गर्ने समितिको म्याद असार २० गतेसम्म थप्ने र यस सम्बन्धी अन्तिम निर्णय गरी नयाँ सदस्यता र नवीकरणको टुंगो लगाउने निर्णय पनि गरेको छ ।
यस्तै आजको पदाधिकारी बैठकले कोरोना महामारीलाई सरकारले आफनो सत्ता जोगाउने रक्षा कवचको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाएको छ। कोरोना महामारी नियन्त्रणमा सरकारले काम गर्न नसकेको कांग्रेस बैठकको ठहर छ ।