News

लुम्विनीका मुख्यमन्त्री पोखरेलले फेसवुकमा लेखे– पृथ्वी सुव्वालाई हार्दिक विदाई !

लुम्विनीका मुख्यमन्त्री पोखरेलले फेसवुकमा लेखे– पृथ्वी सुव्वालाई हार्दिक विदाई !

लुम्विनी प्रदेश मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वधाई दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले शनिवार फेसवुक मार्फत पोखरेललाई वधाई दिएका हुन । पोखरेललाई वधाई दिनु पुर्व मुख्यमन्त्रीवाट विदा भएका एमाले नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ्गलाई विदाई गरेका छन् ।

‘संघियता कार्यान्वयनका कुशल सारथी क. पृथ्वी सुव्वालाई हार्दिक विदाई तथा नवनियुक्त गण्डकीका मुख्यमन्त्री नेपालीलाई हार्दिक बधाई’ – पोखरेलले फेसवुकमा लेखेका छन् ।

उनको फेसवुक स्ट्याटसमा विभिन्न खाले प्रतिक्रियाहरु आईरहेका छन् । नन्द वन्जाडेले लेखेका छन्–‘गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाबाट र प्रदेश प्रमुखबाट अरूले पनि पाठ सिकुन, लोकतन्त्र एउटा पद्धती र विधि पनि हो। राजनीतिमा नैतिकता धेरै ठूलो कुरा हो। हाम्रो लुम्बिनी प्रदेशका तपाई मुख्यमन्त्रीले दुई वा दुई भन्दा बढी दलका सांसदहरूको समर्थनबाट सरकार चलाउनका लागि प्रदेश सभाको बिस्वासको मत लिएर बाँकी अवधी सहजरूपले पूरा गर्नोस। किन भने एक माघले जाडो जाँदैन, बागमती प्रदेशमा जस्तो एमालेलाई एकगठ राख्नोस र अन्य दलको समर्थन लिएर सहज तरीकाले सरकार चलाउनोस। केन्द्रमा जस्तो जग हँसाउने काम नगर्नोस।’

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत दाबी गरेका पोखरेललाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन । 

पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पुख्र्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए । 

बिहीबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि अल्पमतमा परेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज ३२ जना सांसदको समर्थन रहेको दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन ।

http://
 

शंकर पोखरेल कृष्णचन्द्र नेपाली पोखरेल पृथ्वीसुब्बा गुरुङ

विशेष