News

वेगवानी दम्पत्ति हत्या प्रकरणः ७ वर्षपछि थप १ जना पक्राउ

वेगवानी दम्पत्ति हत्या प्रकरणः ७ वर्षपछि थप १ जना पक्राउ

सप्तरीको तत्कालिन हनुमाननगर गाविस–५ का वेगवानी दम्पत्तिको हत्या गरी लुटपाट गरेको घट्नामा संलग्नलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

५५ वर्षीय प्रेम सुख बेगवानी र उनकी श्रीमती ५२ वर्षीया सरोज बेगवानीको पसलमा लुटपाट गरेर हत्या गरी फरार रहेका प्रतिवादी ७ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का ३४ वर्षीय बब्लु मण्डललाई पक्राउ गरिएको उनले वताए । गोप्य सूचनाको आधारमा गाउँको घरमै लुकीछिपी बसेको अवस्थामा आईतवार उनलाई पक्राउ गरिएको काफ्लेले बताए। प्रतिवादीलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको छ।

२०७१ साल जेठ २१ गते राति हनुमाननगर–५ का बेगवानी दम्पती खाना खाएर सुतेपछि विहान मृत फेला परेका थिए। प्रहरीका अनुसार बेगवानी दमपतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घरको नगद, सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख रुपैयाँ बराबरको लुटपाट गरिएको थियो।

यस घटनामा तत्कालिन समयमा प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेको थिए भने बाँकी फरार थिए।

विशेष