News

उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ अबको रणनिति

उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ अबको रणनिति

उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

खाद्यान्न ११ बजेसम्म खुलारहने, अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि, कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजिकरण गर्ने प्रावधान रहेको बताईएको छ । 

अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ ।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ । पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो । 


सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ। बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकमार्फत् कुरा गरेर कति दिन खोल्ने भन्ने राष्ट्र बैंककै प्रोटोकलअनुसार खोल्न सकिने छ ।  उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशस् ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको सिडिओहरूले बताएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।
 

निषेधाज्ञा खुकुलो

विशेष