News

दिल्लीमा निषेधाज्ञा खुकुलो, पसलहरु विहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ला 

दिल्लीमा निषेधाज्ञा खुकुलो, पसलहरु विहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ला 

भारतको दिल्लीमा जारी गरिएको निषेधाज्ञा थप खुकुलो बन्ने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन थप खुकुलो बन्ने घोषणा गरेका हुन् ।

केजरीवालले सोमबारबाट दिल्लीमा पसल, मलहरु र रेष्टुरेन्टमा लगाइएको प्रतिबन्ध खुकुलो पारिने बताएका छन् । बिहान १० बजेदेखि राति ८ बजेसम्म पसल खोल्न पाइने बताए । उनका अनुसार रेष्टुरेन्ट पनि आधा क्षमतामा सञ्चालन गर्न पाइनेछ ।

मेट्रो र सरकारी बसले आधा क्षमतामा यात्रुहरु बोक्न पाउँछन् । विवाह र अन्तिम संस्कारमा केवल २० जना मात्र भेला हुन पाउनेछन् । स्विंमिङ पुल, गार्डेन, सिनेमा हल, मल्टिप्लेक्सलाई भने खोल्ने अनुमति दिइएको छैन ।

धार्मिक स्थलहरू खुले पनि सर्वसाधारणलाई अनुमति दिइने छैन। साथै स्कुल कलेज खोल्ने अनुमति पनि दिइएको छैन ।  पसिलहरु पनि जोर–बिजोर प्रणालीमा सबै पसल खुल्नेछन् ।


दिल्ली सरकारले स्कुल कलेज तथा सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने, राजनीतिक वा सामाजिक कार्यका नाममा भीडभाड गर्न नपाइने, सवीमिङ पुल, स्टेडियम, पार्क, जिम हल सिनेमा हल बन्द रहने जनाएको छ।
 

 

 

दिल्लीमा निषेधाज्ञा

विशेष