गण्डकी प्रदेश सरकारको निर्णय विवादमाः बडे धनाढ्यलाई अनावश्यक र अनुचित सुविधा किन?

गण्डकी प्रदेश सरकारको पहिलो बैठक नै विवादमा परेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलल नेतृत्वमा आइतबार बिहान वसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे निर्णय गरेको थियो ।
पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने यो निर्णयको आलोचना भईरहेको छ । कोरोना महामारीका वेला जनता भोकै र नाङ्गै भएको वेला हुनेखानेकै लागि राज्यकोषको दोहन गर्नु न्यायोचित नहुने भन्दै सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको छ ।
यसैगरी, लेखक खगेन्द्र संग्रौलाले पनि प्रदेश सरकारको यो निर्णयको आलोचना गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘महामारी, बेरोजगारी, अभाव र भोकमरीले दिनदिनै गरिखाने दुनियाँ हाहाकारमा परेका बेला गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई सरकारी कोषबाट विशेष सुविधा टक्र्याइँदै! यी श्रीमान् भोकै–नाङ्गै मर्ने अवस्थामा छन् र? यी बडे धनाढ्यलाई यो अनावश्यक र अनुचित सुविधा किन?’
http://
महामारी,बेराेजगारी,अभाव र भाेकमरीले दिनदिनै गरिखाने दुनियाँ हाहाकारमा परेका बेला गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई सरकारी काेषबाट विशेष सुविधा टक्र्याइँदै!यी श्रीमान् भाेकै-नाङ्गै मर्ने अवस्थामा छन् र?यी बडे धनाढ्यलाई याे अनावश्यक र अनुचित सुविधा किन?
— Khagendra Sangroula (@belakoboli) June 13, 2021
गण्डकी प्रदेश कृष्ण चन्द्र नेपाली पोखरेल निर्णय विवादमा