News

मन्त्री पद खुस्किएपछि त्रिपाठीले भने– संविधान समाप्त हुने अवस्थामा पुग्यो

मन्त्री पद खुस्किएपछि त्रिपाठीले भने– संविधान समाप्त हुने अवस्थामा पुग्यो

मन्त्री पद खुस्किएपछि पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संविधान समाप्त हुने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन् । 

स्वास्थ्यमन्त्रीबाट पदमुक्त भएपछि आइतबार गृह जिल्ला नवलपरासी पुगेका त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गरे ।

दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको उनको भनाई छ ।

राजनीतिक घटनाक्रमको विषय अदालतमा पुग्नु शुभ संकेत नभएको भन्दै उनले राजनीतिक दल र नेतृत्वको असफलताले संविधान समाप्त हुने अवस्थामा पुगेको बताए । 

चुनाव र विघटित प्रतिनिधिसभा पुनस्र्थापनाले मात्र संविधान जोगिने भन्दै त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनस्र्थापना हुनु पर्ने संकेत गरे।

हृदयेश त्रिपाठी नेतृत्वको असफलता

विशेष