News

सांसद मेखलाललाई इन्स्पेक्टरको मेख मर्ने जवाफ– नाम श्याम थापा, वैदाममा कार्यरत छु

सांसद मेखलाललाई इन्स्पेक्टरको मेख मर्ने जवाफ– नाम श्याम थापा, वैदाममा कार्यरत छु

गण्डकी प्रदेश प्रमुखको निवासमा छिर्न खोज्दा रोकेपछि नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले प्रहरीलाई ‘तपाईएको हिसाव किताव’ हुन्छ भन्दै धम्कि दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले संसद विघटन गर्न सक्ने आशंकामा शनिवार धर्ना दिन पुगेका सांसदलाई भित्र प्रवेश गर्न नदिएपछि श्रेष्ठले प्रहरीलाई धम्की दिएका हुन ।

धर्ना चलिरहँदा प्रदेश प्रमुख निवास वरपर प्रहरीको बाक्लो उपस्थिति थियो । सांसद, पत्रकारबाहेक अरुलाई प्रवेश निषेध थियो । त्यत्तिकैमा कांग्रेस सांसदले एक पुरुषलाई धर्ना स्थलमा लैजान खोज्दा विवाद सुरु भएको थियो ।

वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर श्याम थापा मगरसहितको टोली ती पुरुषलाई धर्नास्थल प्रवेशमा रोक लगापछि सांसद श्रेष्ठले ती युवालाई छोड्न भनेका थिए । तर, प्रहरीले नमानेपछि श्रेष्ठले ‘उहाँ पार्टीको नेता हो, के हो यो ? यही हो तानाशाह ?’ भन्दै धम्क्याएका हुन ।

उनले फर्किएर इन्स्पेक्टरलाई देखाएर भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ ।’ प्रहरी इन्स्पेक्टरले थापाले पनि उनलाई जवाफ फर्काएको भिडियो अहिले सामाजिक सञ्चालमा छ्यासछ्यास्ति भएको छ । उनले आफनो नेमप्लेट देखाउँदै भन्छन् ‘मेरो नाम श्याम थापा मगर हो । बैदाममा कार्यरत छु’ भनेपछि सांसद श्रेष्ठ आक्रोशमा आउँदै भन्छन्, ‘फुर्ति नछाँटम ।’

स्याङ्जाका घर भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन् ।

कास्की प्रहरीले भने उक्त घटना सामान्य रहेको प्रतिक्रिया दिएको छ । सांसद श्रेष्ठले भने आफूले हिसाबकिताब हुन्छ भनेर प्रहरीलाई नभनेको दाबी गरेका छन् । 

गण्डकी प्रदेश पृथ्वी सुब्बा गुरुङ्ग मेखलाल श्रेष्ठ प्रहरीलाई धम्की

विशेष