News

खेलकुद सदस्य सचिब सिलवाल परस्त्री गमनमा लिप्त रहेको मन्त्रीको ठोकुवा !

खेलकुद सदस्य सचिब सिलवाल परस्त्री गमनमा लिप्त रहेको मन्त्रीको ठोकुवा !

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले एमाले वनेर खेलकुदमा छिर्नेहरुले प्रदेशको खेलकुद मन्त्रालय तहस नहस पारेको वताएका छन् ।

विशेष गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र प्रदेशका राजेश मोटे भन्नेले खेलकुद सत्यानास पारेको आरोप लगाएका छन् । सदस्य सचिव सिलवाल रक्सी र केटी भनेपछि हुरुक्कै हुने र मोटेले त्यसको ब्यवस्था मिलाउने भएकाले उनीहरुको जोडि खुप जमेको मनाङेको आरोप छ ।

‘यत्तिका ठग मान्छे त मैले देखेकै छैन’ उनले संचारकर्मीहरुसँग कुरा गर्दै भनेका छन्–‘सिलवाल र मोटेको सम्वन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला, तर के गर्ने विचरा। अव, सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला। प्रोवलम त होला। यो फेरी हाँस्ने कुरा हौईन यो । यो फ्याक्ट हो ।’


यस वाहेक इन्जिनियर र ठेकेदारका कारण पनि विकास निर्माणमा ढिलासुस्ती र भ्रष्टाचार हुने गरेको मनाङेले बताएका छन् । इन्जिनियरहरु मिटिङमै नआउने र मन्त्रीले नै इन्जिनियरलाई मिटिङबाट भगाएर बजेट फ्रिज गराउने गरेको बताएका छन् ।

आफू सरकारमा गएपछि जताततै भ्रष्टाचार र खराबीमात्रै देखेकोले त्यो सरकारमा आफू बस्दा आफू पनि डुब्ने ठानेर बाहिर आउन खोजिरहेको र अझ संसद नै भङ्ग गर्ने कुरा आउन थालेपछि आफूले राजनीनामा दिएको बताएका छन् ।

उनले जताततै खराब र भ्रष्टहरुको झुन्ड गुरुङ सरकारमा भएकाले आफूले त्यहाँ भ्रष्टाचारमात्र देखेको भन्दै अबको सरकारले पनि भ्रष्टाचार ग¥यो भने आफू सरकारमा नबस्ने बताएका छन् । उनले जताततै सेटिङमा काम गर्ने र खराब मान्छेलाई पार्टीको मान्छे भन्दै सिफारिस गर्ने प्रवृत्तिका कारण सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए। 

दिपक मनाङे राष्ट्रिय खेलकुद परिषद् (राखेप) गण्डकी प्रदेश सदस्य सचिव रमेशकुमार सिलवाल

विशेष