News

मन्त्रीले उठाए ‘खुवालुङको ढुंगा’ को कुरा, असार १५ देखि रेल चल्ने

मन्त्रीले उठाए ‘खुवालुङको ढुंगा’ को कुरा, असार १५ देखि रेल चल्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले असार १५ गतेदेखि जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न निर्देशन दिएका छन् ।

मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखसँग छलफल गर्ने क्रममा रेल विभागलाई निषेधाज्ञा खुल्न बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन ।

रेल चलाउन ढिलाइ भएकाले छिटोभन्दा छिटो शुरु गर्नुपर्ने वताएका उनले त्यसका लागि नीतिगत, व्यवहारिक र प्राविधिक सबै कुराहरुको व्यवस्थापन भइसकेको जानकारी दिए ।

पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालामा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पनि उनले पानी जहाज कार्यालयलाई निर्देशन दिए। पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गरिने पनि मन्त्री नेम्वाङले प्रष्ट पारे।

स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उनले यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।
 

विशेष