News

चालकले वहाना वनाउन थालेपछि एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

चालकले वहाना वनाउन थालेपछि एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

कोरोना महामारीमा वहाना वनाउन थालेपछि मकवानपुरमा सञ्चालित १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान गरिएको छ ।

जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए।

कोरोना महामारीको बेला एम्बुलेन्स चालकले समयमा सेवा दिन नसकेको र विभिन्न बहाना बनाएर भ्याउदिन भन्ने जस्ता जवाफ दिन थालेको जनगुनासो पछि जिपिएस जडान गरिएको हो । एक लाख ५० हजारमा खरिद गरी १७ वटा जिपिएस प्रणाली प्रयोग गरिएको घिमिरेले बताए।

घिमिरेले मकवानपुरगढी, हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा जडान गरिएको जानकारी दिए। जिपिएसको कन्ट्रोल गर्न जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ । एम्बुलेन्स कहाँ छ के गरिरहेको भन्ने पत्ता लगाउन यस प्रविधिको प्रयोग गरिएको घिमिरेले बताए।
 

विशेष