News

विआईएका अशक्तमाथि ब्यवस्थापकको ज्यादतीः मिडियामा वोल्नेलाई निकाली दिने धम्की

विआईएका अशक्तमाथि ब्यवस्थापकको ज्यादतीः मिडियामा वोल्नेलाई निकाली दिने धम्की

काठमाण्डौंको जोरपाटी स्थित नारायणटारमा रहेको विआईए (वोधिसत्व इन एक्सन) फाउण्डेसनमा आश्रय लिएका अपाङ्गता भएका ब्यक्ति माथि श्रम शोषण भईरहेको गुनासोले विगत दुई साता अघिदेखि निकै चर्चामा छ ।

यस सम्वन्धमा नेपाल आजले सम्वन्धित पक्षसँग सम्पर्क गरेर वास्तविक्ता पत्ता लगाउने र यथार्थ पस्किने प्रयास गरेको थियो । जस अन्तर्गत गत आइतबार (३० जेठ २०७८) ‘दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश’ शिर्षकमा समाचार प्रकाशन भयो ।

समाचारमा विआईएको अभियानमा सहभागिस्वदेशी तथा बिदेशी स्वयमसेवकहरु बिचमा मोर्चाबन्दी भएर नेपाली टिम वाहिरिएको र पछि विदेशी टिममा पनि फाटो ल्याएर छिन्न भिन्न पारिएकाले विआईएको अवस्था दिनदिनै खराव हुँदै गएको विषयलाई उठाईएको थियो । 

यसैगरी, ब्यबस्थापक गोकर्ण ढुङ्गानाको गलत कृयाकलापले अपाङ्गता भएका ब्यक्तिले अपामानित महसुस गरेको, श्रम शोषण गरिएको र कमिकजोरी औल्याउँने अशक्तहरुलाई निकाली दिने धम्की दिने गरेको विषयलाई समाचारमा उठाइएको थियो ।

समाचार प्रकाशन/प्रशासरण भएपछि विआईएका ब्यवस्थापक ढुङ्गानाले पुनः अपाङ्गता भएका ब्यक्तिहरुलाई धम्की दिएको पाईएको छ । समाचारका प्रकाशन/प्रशारण भए लगत्तै फाउण्डेसनको कार्यालयमा पुगेका उनको हाउभाउ र प्रस्तुती असामान्य थियो । रिस र हडवडिका कारण अनुहार रातो–रातो देखिएको थियो भने उनको वोली पनि अनियन्त्रीत थियो । उनले अपाङ्गता भएका ब्यक्तिहरुलाई भेटेर आइन्दा मिडियासँग कुराकानी नगर्न र ब्यवस्थापनको विषयलाई लिएर टिकाटिप्पणी नगर्न निर्देशन दिए । अत्यन्तै हडवडिमा आफना कुरा राखेका ढुङ्गानाले निर्देशन अनुसार नगर्नेलाई आश्रय स्थलवाट निकालि दिने धम्की दिएको एक अशक्तले वताए । ‘निकै हडवडिमा आउनु भो र हडवडाएरै वोल्नु भयो’ उनले भने–‘वोली त धेरै वुझिएन तर वहाँ निकै आवेशमा देखिनु हुन्थ्यो । आफुखुसी मिडियामा कुरा राखे निकाली दिने धम्की दिएर जानु भो।’ 

ब्यवस्थापक ढुङ्गानाले भने विआईएमा अपाङ्गता भएका ब्यक्तिको श्रम शोषण भएको र उनीहरुलाई दुःख दिईएको कुरा अस्विकार गरेका छन् । ‘हामीले वहाँहरुलाई तलव दिएको होईन, काम गरे वापतको इन्सेन्टिभ दिएको हो। सवैले पाउनु भएको छ’– उनले भनेका छन् ।

यो पनि

दुःख देखाएर चन्दाको ब्यापार गरिएकोमा अपाङ्गता भएकाहरुको प्रचन्ड आक्रोश

श्रम शोषण विआईए अपाङ्गता भएका ब्यक्ति गोकर्ण ढुङ्गाना

विशेष