News राजनीति

वामदेवलाई फकाउन ओलीको अर्को तुरुप, विष्णु पौडल दुत

वामदेवलाई फकाउन ओलीको अर्को तुरुप, विष्णु पौडल दुत

पटक पटक आश्वासन र प्रलोभन दिदा पनि भाउ नदिएका नेता वामदेव गौतमलाई फकाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास अझै जारी छ ।

यसैक्रममा उनले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई दुत वनाएर गौतम निवास पठाएका छन् । दुवै जना भैंसेपाटीमै वस्ने भएकाले ब्यक्तिगत सम्वन्धका कारण भेटघाट भएको भन्ने मिल्ने भएकाले ओलीले दुतका रुपमा पौडेललाई रोजेका हु्न ।

गौतमको सचिवालयले पनि पौडेल र गौतमको भेटवार्ता राजनीतिकभन्दा पनि व्यक्तिगत भएको जिकिर गरेको छ । पार्टी विवादका बीच पनि उनीहरूबीच व्यक्तिगतरुपमा राम्रो सम्बन्ध छ । आजको भेटवार्ता व्यक्तिगतस्तरमै भएको गौतमको सचिवालयले जनाएको छ ।

करिव एक घण्टाको भेटघाट पौडेल र गौतमको विचमा ओलीलाई सहयोग गर्नु पर्ने विषयमा छलफल भएको स्रोतको दावी छ । तर, गौतम पछिल्लो समय एमालेलाई एक बनाउने अभियानमा छन् ।

यद्यपि, उनको झुकाव बढी मानव नेपाल पक्षतिर छ । सर्वोच्च अदालतले हालै एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशको मर्मअनुसार पार्टीमा जेठ २ गते अघिको स्थायी कमिटी वैठक बोलाउनुपर्ने पक्षमा गौतम छन् । पार्टी संस्थापनले सो बैठक बोलाएमा सहभागी हुने उनको तयारी छ ।

तर, ओलीले भने अहिलकै अवस्थामा आफुलाई सहयोग गर्न पौडेल मार्फत खवर पठाएको जनाईएको छ । छलफलको निकर्ष भने वाहिर आएको छैन ।
 

वामदेव गौतम केपी शर्मा ओली विष्णु पौडेल पार्टीको विवाद

विशेष