News

अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री खनाल अक्सिजनको सपोर्टमा

अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री खनाल अक्सिजनको सपोर्टमा

पूर्व प्रधानमन्त्री एवम् एमाले नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनलाई अक्सिजनको सपोर्टमा राखिएको छ ।

नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसूस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि सोमवार बिहान उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा राखेर उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ । खनालको रगतमा  हेमोग्लोबिनको पनि कमी देखिएको छ । 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई कोरोनापछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । नेता खनाललाई यसअघि कोरोनासंक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो । 
 

विशेष