बालिकालाई नग्न तस्बिर पठाउने र ब्यक्तिको चरित्र हत्या गर्ने ५२ वर्षिय पुरुष पक्राउ
प्रहरी प्रधानकार्यालय साईबर व्युरोले मंगलबार बालिकालाई नग्न तस्बिर पठाउने र फोटोसप गरि चत्रिहत्या गर्ने २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौको डल्लु बस्ने २६ वर्षिय सोनु बस्नेतले एक बालिकालाई मेसेन्जरमा पटक–पटक अश्लिल भिडियो÷तस्बिर पठाएर हैरानि गरेको भन्दै पक्राउ गरेको विज्ञप्तीमा जनाएको छ ।
यस्तै बाग्लुगंका ५२ वर्षिय रामचन्द्र खड्कालाई पनि फेसबुक, टिकटक र युटयुबमा विभिन्न व्यक्तिको फोटोसप गरेर चरित्र हत्या गरेको बाइबर व्युरोले विज्ञप्तीमा उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अभियोग चलाउने गरेको छ । २०६३ सालमा जारी भएको उक्त ऐनको दफा २७ को प्रावधानअनुसार प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री प्रकाशन गरे १ लाख रुपैयाँसम्म जरिवाना तथा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।