News

आजदेखि नयाँ शैक्षिक सत्र सुरु र देशैभरी भर्ना अभियान

आजदेखि नयाँ शैक्षिक सत्र सुरु र देशैभरी भर्ना अभियान

सरकारले आजदेखि नयाँ शैक्षिक सत्र र भर्ना अभियान सुरू गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ । कोरोना महामारी नै कायम रहेकोले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ ।

यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। यस्तै भर्चुअल माध्यमबाट पनि पठनपाठनको व्यवस्थापन मिलाइने मन्त्रालयले बताएको छ ।  


सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा एसईई विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै गर्ने भएको छ ।

साउन १५ भित्र एसईईको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिएको छ जसका लागि विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर असार २० भित्र पठाइसक्नुपर्नेछ ।

साधारणतया वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्थ्यो । कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो ।

नयाँ शैक्षिक

विशेष