News

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको छ ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामसँगै स्वास्थ्य लक्षित कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सीता पौडेलमार्फत सोमबार पेश भएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख कार्यक्रमहरु समावेस गरिएको हो ।

नीति कार्यक्रममाथि मंगलबार बिहानदेखि छलफल भएको थियो । गण्डकी प्रदेशसभाको बैठक बिहान १० बजेदेखि सुरु भएको थियो । छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए ।

प्रमुख प्रतिपक्ष दल एमालेले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति कार्यक्रम ल्याएको बताएको छ । ५९ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सत्तापक्षका ३१ सांसद छन् । शनिबार नयाँ सरकार गठन भएकाले पनि नयाँ योजना ल्याउन नसकिएको सरकारले जनाएको छ । 
 

विशेष