News राजनीति

ओलीका दुत सकृय भएपछि माधवको भुमिकाप्रति गठवन्धनमा आशंका!

ओलीका दुत सकृय भएपछि माधवको भुमिकाप्रति गठवन्धनमा आशंका!

एमाले नेता तथा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीका दुत वनेर नेता वामदेव गौतमको निवासमा पुगे । गौतम र पौडेल दुवै जना भैंसेपाटीमै वस्ने भएकाले ओलीले दुतका रुपमा पौडेललाई रोजे।

करिव एक घण्टाको भेटघाटमा पौडेल र गौतमका विचमा ओलीलाई सहयोग गर्नु पर्ने विषयमा छलफल भएको थियो । गौतमले वरिष्ठ नेता माधव नेपाललाई फकाएर पार्टी एकताका लागि तयार गर्नु पर्ने र त्यस वापत आगामी निर्वाचनमा नेतृत्वका लागि सहयोग गर्ने ओलीको सन्देश पौडेलले सुनाए ।

गौतम पछिल्लो समय एमालेलाई एक बनाउने अभियानमा छन् । तर, उनको झुकाव बढी माधव नेपाल पक्षतिर छ । सर्वोच्च अदालतले हालै एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशको मर्मअनुसार पार्टीमा जेठ २ गते अघिको स्थायी कमिटी वैठक बोलाउनुपर्ने पक्षमा गौतम छन् ।

संसद पुर्नस्थापना हुने विश्लेषण र सर्वोच्च अदालतको पछिल्लो आदेशपछि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जोडवल गरिरहेका छन् । त्यसै अन्तर्गत उनले पौडेललाई गौतम निवास पठाएका हुन । 

यता एमालेमा विकसित राजनीतिक परिस्थतिलाई ध्यान दिँदै विपक्षी गठबन्धनका नेताहरु पनि सकृय हुन थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेता नेपाललाई कोटेश्वर स्थित निवासमै गएर भेट गरे ।

नेपाललाई भेट्न पहिला कांग्रेस सभापति देउवा र महामन्त्री पूर्णबहादुर खड्का कोटेश्वर पुगेका थिए। देउवा पुगेको केही समयपछि प्रचण्ड पनि कोटेश्वर पुगे। 

देउवा र दाहाललाई नेपाल पक्ष पछिल्लो समय ओलीसँग नजिक हुन थालेको हो की भन्ने आभास हुन थालेको छ । बागमती प्रदेश र प्रदेश १ मा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गराउन एमालेका दुवै पक्ष एकठाउँ उभिएका छन्।  यी दुवै प्रदेशमा नेपाल पक्षको मत राम्रो छ। तर, दुवै प्रदेशमा ओलीपक्षका मुख्यमन्त्री छन्। यिनै घट्ना क्रमपछि नेपालसँग विपक्षी गठवन्धनका नेता सशंकित छन् ।

हुन त नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समेत हस्ताक्षर गरेका छन्। जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यसैगरी, प्रधानमन्त्री ओलीविरुद्ध प्रदेशस्तरमा समेत सहकार्य गरेर जाने निर्णय गरे पनि बागमती प्रदेश र प्रदेश १ मा देखिएको मोर्चावन्दीका कारण नेता नेपाल शंकाको घेरामा परेका छन् । 

नेता नेपालले भने संसद पुनस्र्थापना र वैकल्पिक सरकारका पक्षमा गठबन्धनकै पक्षमा रहेको बाचा दोहोर्याउँदै आएका छन्। स्रोतका अनुसार छलफलका क्रममा आफूहरुलाई दिइरहेको साथ नछोड्न नेताहरुले नेपाललाई आग्रह गरेका थिए । 

पार्टीको विवाद विष्णु पौडेल केपी शर्मा ओली वामदेव गौतम विपक्षी गठवन्धन

विशेष