News

रुपन्देहीका १८ वर्षिया युवाको उदाहरणीय कामः फोहोर प्रशोधन गरेर प्रांगारिक मल

रुपन्देहीका १८ वर्षिया युवाको उदाहरणीय कामः फोहोर प्रशोधन गरेर प्रांगारिक मल

रुपन्देही जिल्लाको सैनामैना नगरपालीका वडा नं ८ बाँसगढीका १८ वर्षिया शिबु भण्डारीले फोहोर, झारपात र गोबरबाट मल बनाई कृषि व्यापारमा लागेका छन् । उनले बनाएको मल प्रति किलो ५० रुपैयामा धमाधम मल उनको घरेलु उद्योगबाट नै बिक्री हुन थालेको छ ।

उनले जिबी प्रांगारिक मल उत्पादन उद्योग दर्ता गरि मल बनाउने कामको सुरुवात गरे । उनले आफ्नो घर लगाएत थप ५० घरको जैविक फोहरहरू जम्मा गर्न थाले । पातपतिङ्गर खोजे । गोबर किने । यी सबै फोहरबाट मल बनाउन उनले चितवनबाट गडौला खरिद गरि लगे र गडौलाको साहयोगबाट गडौलाले मल उत्पादन गर्न थाले । भण्डारीले निमको पात, बनमारा, सुर्ती, दही लगायता बस्तु मिश्रण गरेर झोल पनि तयार पारेका छन । त्यो तरल मल कौसी खेती गर्नेहरुको लागि उपयोग रहने शिबु बताउछन् ।

आफ्नै वरपर रहेका फोहोर झारपात, गोबरलाई प्रयोग गर्दै उनले जैविक कम्पोस्ट मल बनाउने निधो गरे । लुम्बिनीबाट उनले करिब एक किलो गड्यौला ल्याए । करिब दुई हजार पर्ने यी गड्यौलाका लागि उनले आफ्नो घर पछाडिको जग्गामा स्थान बनाए । उनले जिबी प्रांगारिक मल उत्पादन उद्योग दर्ता पनि गरे ।

जैविक कम्पोस्ट मल बनाउनको लागि आवश्यक पर्ने गोबर तथा झारपात संकलन गर्ने थाले । मल बन्ने क्रममा घाम पानीबाट बचाउनु पर्ने राम्रो हेक्का उनलाई थियो । जसको लागि उनले मल पिटमा टिनको छाना छाए । ‘ल्याएका गड्यौलालाई पहिले गोबर दिनु पर्छ । उनीहरूले त्यसलाई पचाउँछन्’, सिबु विधि भन्दै थिए, ‘सोही गड्यौलाबाट निस्किएको  फोहार नै जैविक मल बन्ने उनले प्रस्ट्याए ।’

पहिलोपटक ल्याएको गड्यौलाबाटै स–साना गड्यौला जन्मिएका कारण पनि पुन ः गड्यौला किनी रहन नपर्ने उनी बताउँछन् । तीन महिनाको अन्तरालमा मल उत्पादन हुने गर्छ । तथापि, पर्याप्त स्थान भएमा एक महिनामा पनि बन्न सक्ने जानकारी सिबुले दिए ।

‘सुरुवाती चरणमा खासै सहयोग भएन, आफ्नै सुरले काम गर्न थाले’, सिबु भण्डारी भन्छन् । लकडाउन सुरु भएसँगै उनलाई बजारको लागि समस्या भयो । आफ्नै फेसबुक मार्फत उनले प्रचार थाले । जब सैनामैना नगरपालिकाबाटै प्रतिनिधि आई उनको कामको तारिफ गरे त्यसपछि सबैको ध्यान उनी तिर मोडिन थाल्यो ।

हालसम्म, उनले करिब एक टन मल बेचिसकेका छन् । प्रति किलो ५० रुपैंयामा मल बेच्दै आएका उनले बनाएको मल विशेषगरी कौसी खेतीको लागि विक्री हुने गर्छ । यद्यपि, धान, गहुँ  सबै किसिमका अन्नबालीको लागि उपयोगी हुने उनी बताउँछन् । बुट्वलमा करिब २५ प्रतिशत बढी मल जाने गरेको पनि भण्डारीले बताए ।

शिबुले थालेको काम सजिलो छैन । कामै फोहर बटुल्न पर्ने तसर्थ उनका । तर शिबुमा प्रष्ट उद्देश्य छ तसर्थ उनले कामलाई निरन्तरता दिइरहेका छन् । हाल शिबुको काम हेर्न सैनामैना नगरपालिकाको स्थानीय सरकार शिबुको घरमै आउन थालेको छ ।

हालसम्म, उनले करिब एक टन मल बेचिसकेका छन् । प्रति किलो ५० रुपैंयामा मल बेच्दै आएका उनले बनाएको मल विशेषगरी कौसी खेतीको लागि विक्री हुने गर्छ । यद्यपि, धान, गहुँ  सबै किसिमका अन्नबालीको लागि उपयोगी हुने उनी बताउँछन् । बुट्वलमा करिब २५ प्रतिशत बढी मल जाने गरेको पनि भण्डारीले बताए ।

शिबु सानै उमेरदेखि नयाँ र फरक काम गर्न रुचाउँथे । उनी नेपाल बाल क्लब संघको अध्यक्ष पनि हुन् । सानै उमेरदेखि सामाजिक र नमुना काममा शिबुको ध्यान जान्थ्यो । बाल क्लबाट उनले वातावरण सफाईका कामहरू पनि थुप्रै गरे । पछि उनलाई घरायसी फोहर, मिल्किएका पात र गोबरहरूलाई मल बनाउने बिचार आयो ।

शिबु भण्डारी

विशेष