News

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

रवीकी चन्दा संकलकको असईलाई धम्की – एनी हाउ तिम्रो सरुवा गर्छु !

सामाजिक सञ्जालमा मंगलवारदेखि एउटा भिडियो भाईरल भईरहेको छ । भिडियोमा धेरै कुरा स्पष्ट छैन, तर एक जना असईमाथि प्रहरी कार्यालयमै केहि ब्यक्तिहरु खाउँला झै गरेर जाईलागि रहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झामाथि जाई लाग्ने ब्यक्तिहरु भने आफुलाई ‘सामाजिक अभियन्ता’ वताउँने ज्वाला संग्रौलाको टिम हो । उनको समूहले प्रहरी कार्यालयमा पुगेर झा माथि दुर्ब्यवहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । 

भिडियोमा उनको सुरुवा गर्नेसम्मको धम्की दिईएको छ। ‘हामी वहाँलाई वस्नै दिदैनौ, एनी हाउ सरुवा गर्छौ’ भन्दै झालाई धम्क्याईएको छ । यति मात्र होईन उनले आफु झा भएको जानकारी दिएपछि ‘झा तिरै जाउ अव, उतै मधेर तिर भन्दै’ होच्याउने अभिब्यक्ति समेत दिईएको छ । 

स्वघोषित सामाजिक अभियन्ताको यत्रो तान्डवका विचमा पनि मणिकान्त भने हात जोडेर ‘हवोस हजुर हुन्छ’ भन्दै उभिएका देखिन्छन् । यो घट्नाको सर्वत्र विरोध भईरहेको छ ।

उक्त भिडियो ट्वीटरमा शेयर गर्दै कञ्चन झा लेख्छन् –‘असामाजिक अभियन्ताका अपाच्य व्यवहार ! रङभेद र जातीय विभेद गर्नेहरू सामाजिक अभियन्ता हुनै सक्दैनन। आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला र सर्मिला वाइवाले प्रहरी कर्मचारी मणिकान्त झाप्रति गरेको दुर्ब्यवहार अपाच्य मात्र छैन कानुनी कारबाहियोग्य पनि छ।’

उनी थप्छन्–‘सामाजिक सद्भाव जोगाइराख्न, समभावको मान्यता विकास गर्न अनि प्रहरीको मनोबल खस्न नदिनका लागि पनि दुब्र्यवहारमा संलग्नहरूविरुद्ध कारबाही गरिनु जरूरी छ। ताकी भोलिका दिनमा यस्ता सामाजिक अपराधहरू हुन नपाऊन्।’

यता, ज्वाला संग्रौलाले भने राहत लिएर वाटोमा हिड्ने क्रममा प्रहरीले अनावश्यक दुःख दिएको र मुख छोडेको आरोप लगाएकी छिन् । उनले फेसवुकमा लेखेकी छिन्–‘आजभन्दा झण्डै २ महिना अगाडि राहत लिएर बाटोमा हिड्ने क्रममा ड्युटीमा खटिएका एक प्रहरीले परिचयपत्र हुँदाहुँदै पनि अनावस्यक दुख दिएर मुख छोडेका थिए । पछि हामीले रास्ट्रको सेवक भएर किन मुख छोड्नु हुन्छ, तपाईको कर्तब्य पुरा गर्नुस् भनेपछि म .... हुं, अब म देखाईदिन्छु तिमीहरुलाई भनेपछि हामीले जबाफ खोजेका थियौं । जनताको सेवा गर्न खटिएकोले नागरिकलाइ देखाईदिन्छु र तह लगाउछु भन्छ भने त्यस्लाइ नागरिकले सरुवा गर्ने मात्र हैन बर्दी थुत्ने पनि दम राख्छ किनकी प्रहरी जनताको साथी हो, देखाईदिन्छु र चिनाईदिन्छु भनेर धम्की दिने गुण्डा हैन..! अहिले पार्टीका हनुमाने चाटुकार र छाडा छोडेका कार्यकर्ताहरु बीचको ३० सेकेण्डको भिडियो कुदाएर मनोरन्जन लिदै रहेछन..! कम्ता पिर छैन झोलेहरुलाइ हामीले राम्रो काम गरेकोमा ! हिजो त एउटा पित पत्रकारले फोन गरेर हप्कीदप्की गरेर सोध्दै थियो! ए काम गर्नका अल्छिले क्यामराको ठुटो बोक्ने केहि चाटुकारहरु, कहिल्यै तिमीहरुले राम्रा कामहरुमा साथ दिएर तिमीहरुका च्यानल मार्फत समाचार हालेका छौ? देशैभरि राहत बाडेर हिड्नेहरुको एक गल्तीले तिम्रा अनलाईनहरु भरिन्छन् तर ९९ वटा असल कामहरुको चर्चा गर्ने ल्याकत छ तिमीहरुसंग? तिमीहरु जस्तै झोले पत्रकारहरुले गर्दा आज समाजको सच्चाईमाथी पर्दा लागेको छ ! तर अब जनता लाटा छैनन्, तिम्रा हर्कतहरुको हिसाब यहि समाजले लिनेछ चाडै! धेरै चिन्ता नगर..!’

ज्वाला संग्रौला तिनै अभियन्ता हुन जसले टेलिभिजन प्रस्तोता रवि लामिछानेका लागि चन्दा संकलक गर्छिन । उनले अभियानका नाममा संकलन गरिएको चन्दा र त्यसको पारदर्शिताका विषयमा प्रश्न उठाएपछि पत्रकारलाई समेत तथानाम गालि गरेकी थिईन ।

प्रस्तोता लामिछानेको नेतृत्वमा निर्माण भएको रास्कोट अस्पतालको निर्माणका लागि आफुले अभियान चलाएर २५ लाख रुपैयाँ संकलन गरेर सहयोग गरेको वताउँने संग्रौलाले अन्य विभिन्न अभियानका नाममा चन्दा संकलन गरेपनि त्यसको हिसाव किताव सार्वजनिक गर्ने गरेकी छैनन् ।

यो पनि

रविकी चन्दा संकलकले पत्रकारलाई गरिन अस्लिल गाली

रवि लामिछाने प्रहरीलाई धम्की ज्वाला संग्रौला मणिकान्त झा चन्दा संकलक

विशेष