News

झलनाथ खनाललाई निमोनियाँ दोहोरियो, ‘लङ् कोभिड’ को आशंका

झलनाथ खनाललाई निमोनियाँ दोहोरियो, ‘लङ् कोभिड’ को आशंका

नेकपा एमालेका नेता झलनाथ खनाललाई ‘लङ कोभिड’ भएको हुन सक्ने चिकित्सकहरुले आशंका गरेका छन् । दुई दिनदेखि नर्भिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि भारत गएका खनाललाई निमोनियाँको समस्या दोहोरिएको छ ।

नर्भिकमा रहँदा उनको स्वास्थ्य अवस्था स्थिर थियो । लगातार ज्वरो आएसँगै स्वासप्रस्वासमा पनि समस्या देखिएपछि उनी दुई दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । नर्भिकको विशेष वार्डमा राखी उपचार जारी थियो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी भएको थियो । उनलाई अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

केही दिनदेखि आएको ज्वरो पनि नघटेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको चिकित्सकहरुको भनाई छ । 

खनाललाई मृगौलाको पुरानो समस्या छ। दिल्ली उड्नु अघि पनि उनलाई निरन्तर खोकी रहेको र शरीर शिथिल रहेको जनाईएको छ । 

यो पनि

झलनाथ खनालको भावुक सन्देशः विथोलिएको राजनितिले चिन्ति बनाएको छ !

झलनाथ खनाल लङ् कोभिड

विशेष