विदेश Breaking News मुख्य समाचार राजनीति

चीनमा जन्मदर घट्नुको एउटा कारणमा बहन गर्न नसकिने व्यभार र कामको चाप

चीनमा जन्मदर घट्नुको एउटा कारणमा बहन गर्न नसकिने व्यभार र कामको चाप

 

काठमाडाैं ।   १० वर्षमा एकपटक गरिने जनगणनाको यो १४ औं सिरिज हो, सन् २०२० को जनगणना । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशले मेमा जारी भएको  राष्ट्रिय जनसांख्यिकीय तथ्यांकले भने चीनको सामाजिक र आर्थिक नीतिलाई नै नकारात्मक प्रभाव पार्ने भएको छ । 

अगस्तमा गेट्टीले पहिलो बच्चा जन्माइन् । उनी निकै खुसी थिइन् कि उनी आमा बनिन् । तर, उनको अनुहारमा चिन्ताका रेखाहरु पनि प्रष्ट देखिन्थे । उनलाई अब बच्चालाई कसरी हुर्काउने र परिवारको खर्च धान्ने कसरी भन्ने चिन्ता उनको अनुहारमा देखिएको थियो । 

यद्यपि उनले १७८ दिनको तलबसहितको प्रसूति बिदा प्राप्त गरिन् । तर, उनलाई त्यो बिदा सकिएपछि के हुन्छ भन्ने चिन्ताले भने निकै सताइरह्यो । बच्चाको हुर्काउनका लागि चाहिने व्यवको विषयमा भने उनी कुनै हालतमा ढुक्क हुन सकिरहेकी थिइनन् । 

बिदा सकिएपछि एकातिर बच्चाको हेरचाह र अर्कोतिर कामको चापका विषयमा सोच्छिन्, उनी निकै डराउँछिन् । दक्षिण चीनको गुआञ्जाउको एक कम्पनीमा मानव संसाधन प्रबन्धकको रुपमा कार्यरत ३४ वर्षीया गेटीले अब अर्को बच्चा नजन्माउने बताएकी छन् । 

अहिलेका युवापुस्ताले भोगरहेको एक उदाहरण हुन् गेटी । उनीजस्तै कयौं युवा जोडीहरुले खर्च र कामको चापका कारण बच्चा जन्माउने विषयमा दुई पटक सोच्ने गर्छन् । यसमा पनि कुनै काम नभएका बेरोजगारहरुले त झन् बच्चा जन्माउन नै चाहँदैनन्, जबसम्म उनीहरुलाई कुनै निश्चित काम मिल्दैन । 

चीनमा बढ्दो महँगी, कामको निकै धेरै चाप, बच्चा हुर्काउने समय अभावजस्ता कुराहरुले चिनियाँ युवा जोडीहरु बच्चा जन्माउनुअघि निकै धेरै सोच्ने गर्छन् । चीनले बच्चाको केयरका लागि विशेष प्याकेज तथा योजना ल्याउनुपर्ने माग उठिरहेको छ । 

तर, चीन सरकारले भने पछिल्लो समय तीन सन्तान जन्माउन पाउने प्रावधा ल्याएको छ । यसअघि जनसंख्या घट्न थालेपछि चीनले वान चाइल्ड पोलिसीलाई खारेज गरेको थियो । 

विशेष