News राजनीति

कार्यकर्ताबाट सुझाव मागेका प्रचण्डलाई नेत्री मञ्जु बमले मुखै बन्द गराइदिइन !

कार्यकर्ताबाट सुझाव मागेका प्रचण्डलाई नेत्री मञ्जु बमले मुखै बन्द गराइदिइन !

संगठनको वागडोर सम्हालीरहेका प्रदेश इन्चार्ज वाहिरिएपछि नेकपा माओवादी केन्द्रको अहिले सुदूरपश्चिममा कमजोर हुँदै गएको छ । प्रदेश इन्र्चाज लेखराज भट्ट बाहिरिएपछि हालसम्म सुदुरपश्चिममा अर्को इन्चार्ज तोकेको छैन ।

माओवादी केन्द्रका अध्यष पुस्पकमल दाहाल ‘प्रचण्ड’ बुहारी बिना मगरकै सल्लाह अनुसार संगठनको कामलाई अगाडि वढाउँदै आएका छन् । प्रचण्डले रणनितिक रुपमै वुहारीलाई संगठनमा अगाडि वढाउन चाहेकोले हालसम्म अर्को इन्चार्ज पनि नतोकिएको जनाईन्छ।

प्रदेश इन्र्चा लेखराज भट्ट वाहिरीनुको कारण पनि प्रचण्डकी वुहारी विना मगर नै भएको एक थरी कार्यकर्ताको वुझाई छ । भट्टलाई इन्चार्ज तोकिएपनि विनाले समान्तर रुपमा काम गर्ने र उनलाई रोक्ने कोहि नहुँदा आजित भएर नै उनले संगठन छोडेको उनीहरुको वुझाई छ। संगठनमा विनाको हालिमुहाली वढेपछि भट्ट मात्र नभएर एउटा सिङ्गो पंक्ति रुष्ट छ।

यस विषयमा नेता÷कार्यकर्ताले प्रचण्डलाई जानकारी गराएका पनि हुन । तर, उनले कसैको कुरामा चासो नदिएको उनीहरुको भनाई छ। यसैक्रममा प्रचण्डले केहि समयअघि पार्टी संगठनलाई अझ चुस्त, दुरुस्त वनाउन सुझाव मागेका थिए। इमेल मार्फत संकल गरिएको सुझावमा पनि सुदुर पश्चिमवाट विनाको चकचकीका विषयमा कुरा उठाईएको थियो । तर, त्यसलाई पनि प्रचण्डले वेवास्ता गरेको कार्यकर्ताहरु वताउँछन् ।

त्यसपछि संविधान सभा सदस्य मन्जु बमले प्रचण्डलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड प्रचण्ड अब त निद्राबाट बिउँझनुस् । तपाई कस्को बैसाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ? निश्चित पनि सुदुरपश्चिमको पार्टी इन्चार्ज विहिन हुदा तपाईं नै सुदुरपश्चिम प्रदेश ईन्चार्ज हो । यहाँको पार्टीलाई जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने इमान्दार कार्यकर्तालाई किनारा लगाएर वारम्बार तपाईको वरिपरि परिक्रमा गर्ने एक÷दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेताकार्यकर्ताको पनि सुझाव लिने? तपाईले सुदुरपश्चिमलाई हदैसम्म हेप्नु’भो हिजो लेखराजका एकलौटी कुरा सुन्नु भो र इमान्दार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिनु’भो आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ। एक दिन अवश्य पछुताउनु पर्ने छ जुन दिन निकै ढिलो भैसकेको हुनेछ । भिरबाट हामफाल्नेलाई राम राम त भन्न सकिएला काँध थाप्न त सकिँदैन...’

यो कुरालाई माओवादी केन्द्रका सहइन्चार्ज खगराज भट्टले स्विकारेका छन् । पछिल्लो पटकको मन्त्री मण्डललाई आधार वनाएर उनी भन्छन्–‘मन्त्रिमण्डलमा नियुक्त सबै साथिहरु योग्य र वधाईका पात्र छदै छन, उहाँहरुलाई सफलताको शुभकामना तर विधि पद्धतिको नौटंकी र सुदूरपश्चिमलाई हेप्ने मामलामा कुनै पनि पार्टीका शिर्ष नेताहरु कोही भन्दा कम रहेनछन् ।’

यसरी सुरु भयो पार्टीमा विनाको जगजगी
०७४ मंसिर ३ गते प्रकाश दाहालको मृत्युपछि वुहारी (प्रकाकी पत्नि) विनालाई प्रचण्डले नै स्पेस दिएर राजनीतिमा चर्चामा ल्याएका हुन । प्रचण्डले विनालाई ०७४ मंसिर २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार वनाए। 

लगत्तै माओवादी केन्द्रकातर्फवाट केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री वनाए । प्रदेश–७ को प्रतिनिधित्व गर्दै केन्द्र सरकारमा मन्त्री बनेपछि विनाको हैसियत पार्टीमा वढ्दै गयो ।

तत्कालीन नेकपामा वरिष्ठ नेताहरुलाई पाखा लगाएर प्रचण्डले विनालाई बिभागीय प्रमुख नै वनाए। त्यसपछि लेखराज भट्ट, खगराज भट्टजस्ता पुराना नेतालाई विनाले वेवास्त गर्न थालिन भने प्रचण्डले विनालाई स्यावासी दिदै गए ।

पम्फा भुसाल, ओनसरी घर्ती, सत्य पहाडी, अंजना बिशुंखेलगायताका नेत्रीहरुले ‘महिला नेतृत्वको विकाशमा प्रचण्डको ढङ्ग नपुगेको’ भन्दै ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन।

प्रचण्डले वुहारीलाई एकपछि अर्को राजनीतिक लाभ दिदै गएपछि एउटा तप्का संगठनमा रुष्ट छ। सिनियर नेताहरु लेखनाथ न्यौपाने, कञ्चन खनाल, रामदीप आचार्य, युबराज चौलागाइँ, हिमाल शर्मालगायत भुमिका विहिन वनाईयो । 

प्रचण्डले यति मात्रै गरेनन्, विनाको वक्रदृष्टिमा परेका नेताहरु लेखनाथ न्यौपाने, कृष्ण केसीलगायतले टिकटनै पाउन सकेनन्। केसीले बिना र प्रकाशको सगरमाथा आरोहणताकाको रोमान्सबारे प्रचण्डलाई चुक्ली लगाएको र लेखनाथले परिवारबादको बिरोध गरेको तुस मेट्न विनाले उनीहरुलाई पाखा लगाएको भनिन्छ।

यो पनि

बिनासँग प्रचण्डलाई बाध्य बनाउने के छ ?

बुहारी जान्ने हुँदा सुदुरपश्चिममा प्रचण्डप्रति आक्रोश !

नेकपा माओवादी केन्द्र पुस्पकमल दाहाल ‘प्रचण्ड’ बिना मगर मन्जु बम

विशेष