News

सिन्धुपाल्चोकमा भीषण बाढी, विपद ब्यवस्थापनका लागि गृह मन्त्रालयमा बैठक

सिन्धुपाल्चोकमा भीषण बाढी, विपद ब्यवस्थापनका लागि गृह मन्त्रालयमा बैठक

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढी पहिरोबाट दर्जनौं घर बगेका छन्। मानिसहरु चिहिलविहिल भएका छन् । 

केही दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढी मेलम्ची बजारमा छिरेको छ। वाढिले बसपार्कलगायत आसपासका क्षेत्र डुबानमा परेका छन् ।

नदीको सतह बजार क्षेत्रमा रहेका पक्की घरको दोस्रो तलासम्म पुगेको छ । मेलम्ची बजारसँगै बसपार्क क्षेत्रका अधिकांश घर टहरा बगेका छन् । नजिकैको झोलुङ्गे पुलमा क्षति पुगेको छ भने इन्द्रवती नदीमाथिको पक्की पुलमा समेत क्षति पुगेको छ ।

मेलम्ची बजारको तल्लो क्षेत्रका सबैजसो घर बगाएको छ । माथिल्लो भागमा पनि क्षति पुग्न थालेको छ । मेलम्ची बजारबाट तल्लो तटका अधिकाँश किनार डुबेका छन् । स्थानीयका अनुसार दशकौंसम्म नदेखिएको उचाईमा आज मेलम्चीको बाढीको सतह पुगेको छ ।

मेलम्ची र इन्द्रावतीको संगमस्थल नजिकैका कुनैपनि भौतिक संरचना बाँकी नरहेको स्थानीयहरुले वताएका छन् । 

जनधनको क्षतिको पूर्ण विवरण आइसकेको छैन । 

वाढिको वितण्डापछि गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिन्धुपाल्चोकमा आएको बाढी, पहिरो र विपद् व्यवस्थापनबारे बैठक बसेको छ । बैठकमा त्यही क्षेत्रका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ग, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल,नेपाली सेनाका उपरथी प्रभुराम शर्मालगायतको उपस्थिति छ।

सिन्धुपाल्चोक बाढी पहिरो

विशेष