News

मेलम्चीको होटलमा फसेका २ सहित ९ जनाको उद्धार

मेलम्चीको होटलमा फसेका २ सहित ९ जनाको उद्धार

मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये ४ जना घाइते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार बाढीमा फसेका नौ मध्ये घाइते चार जनालाई कैलाश एयर र श्री एयर मार्फत उपचारका लागि काठमाडौं ल्याएइको हो ।

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढी पहिरोबाट दर्जनौं घर बगेका छन्। मानिसहरु चिहिलविहिल भएका छन् । 

केही दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढी मेलम्ची बजारमा छिरेको छ। वाढिले बसपार्कलगायत आसपासका क्षेत्र डुबानमा परेका छन् ।

नदीको सतह बजार क्षेत्रमा रहेका पक्की घरको दोस्रो तलासम्म पुगेको छ । मेलम्ची बजारसँगै बसपार्क क्षेत्रका अधिकांश घर टहरा बगेका छन् । नजिकैको झोलुङ्गे पुलमा क्षति पुगेको छ भने इन्द्रवती नदीमाथिको पक्की पुलमा समेत क्षति पुगेको छ ।

विशेष